Comments Add Comment

मेघौली एयरपोर्ट वायुसेवा निगमले ३ दिन उडान भर्ने


१३ मंसिर, काठमाडौं । लामो समयदेखि आंशिक सञ्चालनमा रहेको चितवनको मेघौली एयरपोर्ट बुधबारदेखि नेपाल वायुसेवा निगमले सेवा थालेको छ । नेपाल वायुसेवा निगमले मेघौली एयरपोर्टमा बुधबार उडान सुरु गरेको हो ।

निगमले विहीबारदेखि हप्तामा तीन दिन उडान भर्ने भएको छ । अनलाइनखबरसँग कुराकानी गर्दै निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने ‘तत्कालका लागि हप्तामा ३ दिन उडान भर्ने योजना बनाएका छौं, यसपछि यात्रुको चापअनुसार उडान हेरफेर गर्न सकिन्छ ।’ स्थानीय जनताको माग अनुसार उडान सुरु गरेको उनको भनाइ छ ।

अहिले सञ्चालनमा रहेको भरतपुर विमानस्थलबाट ३० किमी टाढा यो विमानस्थल रहेको छ । स्थानीयसँगै मेघौली आसपासमा रहेका होटल व्यवसायीहरुले पनि यो विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै आएका थिए ।

सन् १९८६देखि सञ्चालमा आएको यो घाँसे विमानस्थल हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अबका दिनमा यसको उपयोगितालाई हेरेर पिच गर्ने वा नगर्ने निर्णय गर्ने बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment