+
+
Shares

चीनमा ‘नेपालको ऐना’

रासस रासस
२०७४ मंसिर १४ गते १३:३८

१४ मंसिर, काठमाडौँ । चीनको च्यांगसु प्रान्तको छाङचाैं महानगरमा कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका चित्रको प्रदर्शन गरिएको छ ।

नेपाल भ्रमण गरी फर्किएपछि चार वर्ष लगाएर लिउले आफूले कोरेका ९० चित्रकला समावेश गरी लिउ हाइ सु ग्यालरीमा ‘मिरर अफ नेपाल’(नेपालको ऐना) शीर्षकमा एकल चित्रकलाको प्रदर्शनी बुधबार सम्पन्न गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी छाङचौंँ महानगर समिति, संस्कृति, सञ्चार तथा प्रकाशन कार्यालय र च्याङ्सु कलाकार संघले आयोजना गरेको प्रदर्शनी पाँच दिनसम्म चलेको थियो । चित्रकला प्रदर्शनीका लागि छाङचौँ कलाकार संघ र अन्तरराष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघ छाङचौँलगायतले सहयोग पु¥याएका थिए ।

सन् २०१३ मा नेपाल भ्रमण गरेका लिउले चिनियाँ मसी, कुची र कागजमार्फत नेपालको रहनसहन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधतालगायत विषयलाई आफूले चित्रमा उतारेको बताए ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले एक सन्देश पठाई कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र विविध जनताको चित्रण गरिएको उल्लेख गरेका छन् ।

चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा आबद्ध ६८ वर्षीय लिउका चित्रले थुपै्र राष्ट्रियस्तरका पुरस्कार पाएका छन् । उनको चित्रकला चीनको राष्ट्रिय कला संग्रहालय, चिनियाँ केन्द्रीय ललितकला प्रतिष्ठानलगायत संस्थामा संग्रह गरिएका छन् ।

प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, दक्षिण कोरिया, सिंगापुर, मलेसियालगायत देश पु¥याएका उनका चित्र विदेशमा पनि संग्रह गरिएको बताइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?