+
+

हिमालयन बैंकलाई साधारण सभा गर्न खुल्यो बाटो

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १४ गते १४:२३


१४ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले यसअघि हिमालयन बैंकको नाममा जारी गरेको अन्तरिम आदेश जारी नहुने भएको छ ।
बुधवार बसेको न्यायधिश द्वय नीता गौतम दिक्षित र शेखर प्रसाद पौडेलको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेश लागु नहुने फैसला सुनाएको हो ।

अदालतले यसअघि सञ्चालक समितिलाई उजुरीकर्ताको हकहितमा प्रभाव पर्ने गरि कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । यसले बैंकलाई साधारण सभाको मिति तय गर्न समेत समस्या परेको बैंकको आग्रह गरेपछि अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो ।

मुद्धा दायर गरेको म्युचुअल ट्रेडिङ कम्पनीको बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व हुने बाटो समेत साधारण सभा रहेको अन्तरिम आदेश दिन नपर्ने ठहर अदालतले गरेको थियो ।

खेतान समूहको म्युचुअल ट्रेडिङ कम्पनी प्रालीले आफ्नो प्रतिनीधिका रुपमा भदौ पहिलो साता प्रसाद ज्ञवालीलाई पठाएको भए पनि बैंकका अन्य लगानीकर्ता समूहले नियुक्ति दिन आनाकानी गरेको भन्दै मुद्दा दायर गरेकाे थियाे ।

बैंकमा ११.८५ प्रतिशत सेयर स्वामित्व म्युचुअल ट्रेडिङ कम्पनीको रहेको छ । सन् २०१२ मा पनि यस्तै विवादको कारण बैंकको सञ्चालक समितिबाट बाहिरीएको खेतान समूहले अहिले प्रतिनिधित्व खोजेको हो ।

गत बैशाखमा बाफिया २०७४ ले बैंकको सञ्चालक समितिमा कम्तिमा पाँचदेखि बढिमा सात जना सञ्चालक रहन पाउने व्यवस्था गरेको छ ।  यसअघिको बाफियामा बैंक तथा वित्तीय संस्थामा अधिकत्तम ९ जनासम्म सञ्चालक नियुक्त हुन सक्ने व्यवस्था रहेको थियो । हाल हिमालयन बैंकमा ८ जना सञ्चालक रहेका छन् ।

२० प्रतिशत सेयर स्वामित्व रहेको हबिब बैंक पाकिस्तानबाट १ जना, १४ प्रतिशत सेयर रहेको कर्मचारी सञ्चय कोषबाट पनि १ जना, १२.७१ प्रतिशत सेयर रहेको एन ट्रेडिङ कम्पनीबाट १ जना सञ्चालक रहेका छन् ।

त्यस्तै, संस्थापक लगानीकर्ता हिमालयन शमशेर जबराको राण समूहको आभा इन्टरनेशनलको बैंकमा ११.३८ प्रतिशत सेयर स्वामित्व रहेको छ । यो समूहबाट पनि १ जना सञ्चालकमा प्रतिनीधि रहेका छन् । ८.८९ प्रतिशत सेयर रहेको छाँया इन्टरनेशनलबाट पनि १ जनाले समितिमा १ जना सञ्चालक छन् । अन्य दुईमा सञ्चालकमा एक स्वतन्त्र र एक सर्वसाधारण समूहबाट रहेका छन् ।

बैंकले साधारण सभापछि प्रबन्धपत्र संशोधन सँगै ७ जना सञ्चालक रहने व्यवस्था गरिने र त्यस क्रममा खेतान समूहबाट समेत कसरी प्रतिनिधित्व गराउने प्रयास रहने बैंकले उल्लेख गर्दै आएको छ ।

यो पनि हेराैं :   

खेतान समूहलाई सञ्चालक बनाउन नसक्ने कारण पेश गर्न हिमालयन बैंकलाई अदालतको आदेश

बैंकहरुमा चर्कियो सञ्चालक विवाद, खेतानको प्रतिनिधित्व भएन हिमालयन बैंकमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?