+
+

माछापुच्छ्रे बैंकले ९ प्रतिशत बोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १५ गते १८:५९

१५ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैक लिमिटेडको उन्नाइसाैं वाषिर्क साधारणसभा शुक्रबार होटल पोखरा ग्राण्ड पोखरामा भएको छ । बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले बैंकको आर्थिक बर्ष २०७३/७४को बाषिर्क प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाहृय लेखा परीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी रु. ७ अर्व ३९ करोड रहेकोमा उक्त साधारणसभाले पारित गरे बमोजिम बोनस शेयर जारी गर्दा बैकको चुक्तापूँजी रु. ८ अर्व ५ करोड पुग्नेछ ।

बैंकले सोही अवसरमा नयाँबजार पोखरास्थित नयाँ एटीएम काउन्टरको समेत उद्घाटन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?