१७ मंसिर, महोत्तरी । प्रतिनिधी र प्रदेशसभा निर्वाचन हुन चार दिन बाँकी हुँदा नेपाली कांग्रेसले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अनिवार्य भोट हाल्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्र कुमार रायले विज्ञप्ती नै निकालेर आफ्ना कार्यकर्तालाई महोत्तरी क्षेत्र नं. ३ मा महन्थ ठाकुरलाई भोट हाल्न निर्देशन दिएका हुन् ।
महोत्तरी क्षेत्र नम्बर ३ मा ठाकुरसँग बाम गठबन्धनका साझा उम्मेदवार एमालेका बिजय कुमार चौधरी प्रतिस्पर्धामा छन् ।
महोत्तरी ३ मा राजपा कांग्रेससँग मिलेर चुनाव लडेको छ । तर, असन्तुष्ट कांग्रेस कार्यकर्ताले भोट नहाल्ने संकेत पाएपछि जिल्ला पार्टी विज्ञप्ती निकाल्न वाध्य भएको बताइन्छ ।
विज्ञप्ति हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4