Comments Add Comment

एमाले-माओवादीलाई लोकतान्त्रिक धारमा ल्याएको निरंकुशताका लागि होइनः खाँड

१७ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खाँडले एमाले र माओवादीले निरंकुश शासन व्यवस्थाको वकालत गरेको आरोप लगाएका छन् ।

कांग्रेसको मिडिया सेन्टरले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक खाँडले एमाले र माओवादीका नेताहरुले एक पटक चुनाव गरेर ५० वर्ष शासन गर्ने अभिव्यक्ति दिएको भन्दै देशमा निर्दलीय व्यवस्था लाद्न खोजेको आरोप लगाए ।

गणेशमानले एमाले र गिरिजाले माओवादीलाई लोकतान्त्रिक धारमा ल्याएको एकतन्त्रे निरंकुश शासन व्यवस्थाका लागि नभएको भन्दै खाँडले अब जनताले लोकतन्त्रको रक्षाका लागि कम्यिुनिष्टलाई रोक्ने दावी गरे ।

‘माओवादी र एमालेलाई एकतन्त्रीय निरंकुश शासनका लागि लोकतान्त्रिक धारमा ल्याइएको होइन,’ उनले भने, ‘जनतालाई लोकतान्त्रिक धारमा आए भन्ने लागेको थियो, तर अहिले उनीहरु सुधि्रएका रहेनछन् ।’

उनले कम्युनिष्टहरुले साम्यवादका नाममा अधिनायकवाद ल्याउन खोजेको भन्दै हालसम्म प्राप्त उपलब्धी उल्ट्याउन खोजेको आरोप समेत लगाएका छन् ।

कम्युनिष्टले बहुमत ल्याए संबैधानिक उपलब्धी र लोकतन्त्र समेत धरापमा पर्ने भन्दै उनले लोकतान्त्रिक शक्ति बलियो हुनुको विकल्प नभएको बताए ।

‘माओवादीबाट प्रशिक्षितले बम पड्काए’

यसैबीच संयोजक खाँडले पछिल्लो समय कांग्रेस उम्मेदवारहरुलाई निशाना बनाएर बम र एम्बुस आक्रमण भएको भन्दै सरकारलाई गम्भीर रुपमा छानविन गर्न आग्रह गरेका छन् ।

माओवादीबाट प्रशिक्षित व्यक्तिहरुले नै बम आक्रमण गरेको भन्दै उनले यस्ता अपराधिक कि्रयाकलाप रोक्न सरकारलाई सबै संयन्त्र प्रयोग गर्न आग्रह गरे ।

‘हामी कुन पार्टी हो त भन्दैनौं तर माओवादीबाटै प्रशिक्षित व्यक्तिहरुले बम आक्रमण गरिरहेकाछन्,’ उनले भने, ‘सरकारले यस्ता गतिविधि गर्नेहरुलाई सबै संयन्त्र लगाएर नियन्त्रण गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment