Comments Add Comment

ताप्लेजुङमा यस्तो देखियो चासोक तङनामको रौनक (फोटो फिचर)

१७ मंसिर, ताप्लेजुङ । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ ताप्लेजुङमा भव्यताको साथ मनाइएको छ ।

लिम्बू समुदायको बढी बसोबास भएको ताप्लेजुङमा आइतबार झाँकीसहितको र्‍याली, परम्परागत पोशाकको प्रदर्शन देखियो । च्याबु्रङ र धान नाचले विषेश आकर्षण बढाए पनि अधिकाँशको ध्यान परम्परागत रोटे पिङले तानेको थियो ।

सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा आयोजना गरीएको चासोक तङ्नाम विषेश कार्यक्रम नजिकैको खुल्ला चौउरमा काठे पिङ पनि राखिएकाले बालकदेखि बृद्धबृद्धाको भिडनै लागेको थियो ।

विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसिर पूणिर्माका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ-आफ्ना आस्थाका भगवानलाई चढाएर आजको दिन न्वागी पूजा गर्ने चलन रहेको छ ।

प्रत्येक वर्ष मंसिर पूणिर्माको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पूणिर्मा, किराँत याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उधौली पर्वका रुपमा मनाउने गर्छन । केही वर्षदेखि नेपाल सरकारले मंसीर पूणिर्माका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ ।

बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजङ, पाँचथर, इलाम धनकुटा, तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरीमा बिशेष रुपमा मनाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment