Comments Add Comment

हप्तामा २ पटक यौन सम्पर्कः यसकारण स्वास्थ्य लाभ

भोकप्यास, आत्मरक्षा, यौनइच्छा आदि स्वभाविक आवश्यक्ता हो, जो हरेक जीवित व्यक्तिले महसुष गर्छ । यदि यी प्राथमिक आवश्यक्ता पुरा भएन भने हामी शारीरिक र मानसिक रुपले रोगी हुन्छौ । भनौं, त्यसको सोझो असर हाम्रो मानसिकता र शरीरमा पर्छ ।

यदि सन्तुलित खानेकुरा खाइएन भने इनर्जी मिल्दैन, जसले कुपोषण हुन्छ । तिर्खा लाग्दा पानी पिइएन भने शरीरमा पानीको कमी हुन्छ । ठीक यसैगरी शारीरिक सम्बन्धको आवश्यक्ता पुरा गरिएन भने, त्यसको दूष्प्रभाव पर्छ ।

भनिन्छ, जो यौन कुष्ठा बोकेर बाँच्छ उनमा मनोविकार पैदा हुन्छ । उनीहरु निराश र चिन्ताग्रस्त हुन्छ । मन बोझिलो हुन्छ । यौन इच्छा दबाएर राखेका कारण आफ्नो स्वभाविक काममा र्फकन सक्दैनन् । हरेक कुरामा उनीहरुले बाधा अनुभव गर्छन् ।

त्यसैले आवश्यक छ

भनिन्छ, स्वस्थ्य जीवनका लागि नियमित यौन सम्बन्ध पनि आवश्यक हुन्छ । यसले मन र तन दुबैलाई स्वस्थ्य राख्छ ।

यौन सम्बन्धले दम्पतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ । उनीहरुबीचको द्वेष, आशंका पनि हटाइदिन्छ । र, सुमधुर प्रेम स्थापित गराउँछ । साथै, मनोविकार पनि हट्छ । फलतः अन्य दिनमा उनीहरुमा यौनकुण्ठा जाग्दैन । मन शान्त हुन्छ । चंगा हुन्छ ।

यसको शारीरिक फाइदा पनि छ । भनिन्छ, यौन सम्पर्कको क्रममा शरीरको रक्तप्रवाह राम्ररी हुन पाउँछ । यसले मुटुलाई स्वस्थ्य राख्नदेखि छालामा चमक ल्याउनसम्म सहयोग गर्छ ।

तर, कस्तो यौन जीवन ?

यौन क्रिया त्यस्तो हुनुपर्छ, जसले दुबै पार्टनरलाई सन्तुष्टिको चरमोत्कर्षमा पुर्‍याउँछ । यसका लागि दुबै मानसिक र शारीरिक रुपले तयार हुन आवश्यक छ । एक जनाको मात्र इच्छा वा दबावमा गरिने यौन क्रिया पीडादायी हुनसक्छ ।

यौनक्रियाको निश्चित समय पनि छ । साथै यसको विधी पनि छ । यौन क्रियाअघि के गर्ने, यौनक्रियाको बेला के गर्ने, यौनक्रिया पछि के गर्ने ? यावत कुरा सिलसिलावद्ध जान्नु आवश्यक हुन्छ । यसबेला शारीरिक सरसफाई पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यौन सम्पर्कअघि र पछि शारीरिक सरसफाई गर्नैपर्छ ।

हृदयघातको जोखिमबाट बचाउने

अहिले हृदयघात आम समस्या बन्दै गएको छ । जो कोहि यसको सिकार हुन सक्छ ।

धमनीले अक्सिनजयुक्त रगत मुटुबाट शरीरको अन्य भागमा पुर्‍याउँछ । तर, जब धमनीमा रगतको थक्का जम्मा हुन थाल्छ, त्यसले मुटुमा दबाव पैदा गर्छ । अतः मुटु तिब्र रुपमा रगत पम्प गर्न थाल्छ । यहि क्रममा हृदयको गति बन्द हुन सक्छ । यो अवस्थालाई हृदयघात भनिन्छ ।

उच्च रक्तचाप, उच्च कोलेस्टोर, असन्तुलित खानपान, व्यायामको कमी, धुमपान, मदिराको सेवन आदि हृदयघातको कारण बन्छ ।

अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकासित एक अध्ययन अनुसार जो पुरुष हप्तामा दुई पटक भन्दा बढी यौन सम्पर्क गर्छन्, उनीहरुमा हृदयघातको खतरा ४५ प्रतिशत कम हुन्छ । अध्ययनमा के पनि उल्लेख छ भने, स्वस्थ्य यौन जीवनले शरीरमा कार्टिसोल नामको हर्मोन कम उत्पन्न हुन्छ, जसले चिन्ता र उच्च रक्तचापको समस्या पनि हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment