Comments Add Comment

प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम, सेनाले पार्‍यो निष्कृय

१८ मंसिर, कैलाली । कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै फेला परेको प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । धनगढी उपमहानगरपालिका ५ तारानागरमा पुल नजिकै बम फेला परेको हो ।

घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । सो बमलाई तेघरीस्थित सेनाको टोलीले निष्कृय पारेको छ ।

विगत ३ दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा बसिरहेको छन् । प्रधानमन्त्री देउवा दिनभरी चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने र बास बस्न धनगढी नै आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment