Comments Add Comment

निर्वाचन सामाग्रीसहित मतदान केन्द्रमा खटिए कर्मचारी


१८ मंसिर, वीरगञ्ज । मंसिर २१ गते बिहिबार हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सोमबारदेखि कर्मचारी खटिएका छन् ।

पर्सा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामाग्रीसहित कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको हो ।

जिल्लामा रहेका ३ सय ५१ वटै मतदान केन्द्रका लागि मतदान अधिकृत सहायक मतदान अधिकृतसहित झण्डै ३५ सय कर्मचारीहरु निर्वाचनका लागि आवश्यक सामाग्री सहित मतदान केन्द्रमा गएको जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

‘३ सय ५१ जना मतदान अधिकृत, सोही संख्यामा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु गरी झण्डै ३५ सय जना कर्मचारीहरु निर्वाचनका लागि खटिइसकेका छन्’, उनले भने, ‘४ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारीहरुले निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक चिन्ह लगायतका ९२ थरी सामाग्री लिएर वीरगञ्जबाट मतदान केन्द्रतर्फ लागि सकेका छन् ।’

निर्वाचन सामाग्री लिनेको भिड

पर्सा जिल्लाको ४ वटै निर्वाचन क्षेत्रको कार्यालय रहेको वीरगञ्ज स्थित नेशनल ट्रेडिङ लिमिटेडको परिसरमा सोमबार कर्मचारीहरुको भिड लागेको छ ।

जिल्लाको ३ सय ५१ वटै मतदान केन्द्रमा खटिएका कर्मचारीहरु नियुक्तीपत्र लिन र निर्वाचनका लागि आवश्यक सामाग्री लिन नेशनल ट्रेडिङमा भेला भएका हुन् ।

कुनै बजारमा लागेको मेला जस्तो देखिने गरी नेशनल ट्रेडिङमा कर्मचारीहरु समान बुझ्न व्यस्त भएका थिए । कर्मचारीहरुले समान व्यवस्थित ढगले वितरण नभएको र लैजान पनि समस्या भएको गुनासो गरेका छन् ।

नेशनल ट्रेडिङमा निर्वाचनको सामाग्री लिन जाने र समान लिएर बाहिरिने सवारीका कारण सोमबार दिनभर नेशनल ट्रेडिङ परिसरमा सवारीको जाम लागेके थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment