१९ मंसिर, काठमाडौं । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण आजबाट सुरु भएको छ ।
मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ ।
निर्वाचन आयोगका अनुसार मंगलबार र बुधबार मतदाता परिचय पत्र वितरणको कार्यक्रम छ ।
आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्रमा जानुपर्नेछ । आयोगका कर्मचारीहरुले परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिनेछन् ।
परिचयपत्र लिन जाँदा आफ्नो परिचय खुल्ने कुनै सरकारी कागजात वा स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र देखाउनुपर्ने छ ।
यसैगरी एउटै परिवारका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने अन्य कुनै कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिने आयोगले जनाएको छ ।
तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4