शनिबार, १ पुष, २०७४
OnlineKhabar.com

लिःल फङ घले समाज यूएईको अध्यक्षमा पुनः नरबहादुर घले

रामप्रसाद ढुंगेल

 

युएई । जातीय पहिचान र सामाजिक क्रियाकलापमा अग्रणी युएईको जातीय संस्था लिःल फङ घले समाज यूएईको अध्यक्षमा पुनः नरबहादुर घले चयन भएका छन् । समाजको दोस्रो वार्षिक उत्सवले घलेलाई दोस्रो कार्यकाल २०१७-१९ कालागि पुनः निरन्तरता दिएको हो ।

नेपाली समुदायमा परिचित सामाजिक व्यक्तित्व घले  धादिङ जिल्लाको फुलखर्कमा स्थायी बासिन्दा हुन् ।

गत नोभेम्बरको अन्तिम साता आयोजित एक कार्यक्रमले वरिष्ठ उपाध्यक्षमा निशान पैलाङ घलेलाई सर्वसम्मत चयन गरेको छ । त्यसरी नै भाषिक उपाध्यक्षमा मनकुमारी ग्याल्दङ घले रहेकी छिन् । अर्का उपाध्यक्षमा रामबहादुर सामरी घले चयन भएका छन् । महासचिवमा रणबहादुर डाङे घलेलाई जिम्मेवारी दिइएको छ ।

कोषाध्यक्षमा हरि डाङे घले, सचिवमा राजु पैलाङ, सहकोषाध्यक्षमा दया डाङे घले सर्वसम्मत चयन भएका छन् । सहसचिवमा पंकज रिल्दी घले रहेका छन् भने सहसचिवमै टंक पैलाङ घले रहेका छन्

कार्य समितिका सदस्यहरुमा सीमा घले, मीनबहादुर सामरी घले, बुद्धिमान ग्याल्दाङ घले, राज ग्याल्दाङ घले, भक्त डाङे घले, रामचन्ऽ सामरी घले, मानबहादुर सामरी घले, मानबहादुर पैलाङ घले, श्याम डाङे घले, मनबहादुर सामरी घले, स्मृति पैलाङ घले, प्रमिला घले, धनबहादुर घले रहेका छन् ।

समाजको सल्लाहकार परिषदको प्रमुखमा सल्लाहकारमा गोपी घले रहेका छन् भने विशेष सल्लाहकार खुशीराम डाङे घले रहेका छन् ।

आफ्नो जातीय उत्थान पहिचान संस्कृतिको लागि यस समाजले १७ लाख ६५ हजार ७ सय ६२ रुपैयाँको आर्थिक कारोबार गरेको छ ।

लिःल फङ घले समाजका महासचिव रणबहादुर डाँगे घलेले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने । प्रमुख अतिथिमा शेर्पा किदुग युएई अबुधाबी क्षेत्रीय संयोजक निमा शेर्पा र विशेष अतिथिमा नेपालबाट आएका कलाकार घलेनायक वीरबल घले रहेका थिए ।

दोस्रो म्युजिक भिडियो अवार्ड-२०१७ कार्यक्रममा आएका सम्पूर्ण कलाकारहरुको उपस्थिति रहेकोे उक्त कार्यक्रमलाई मनोरञ्जनात्मक तथा भब्य बनाउनको लगि  लिःल फङ घले समाज र नमस्ते ट्राभलले संयुक्तमा धौ पार्टी र विशेष रात्रीभोजको ब्यवस्था गरिएको थियो ।

२०७४ मंसिर २० गते ८:११ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this