Comments Add Comment

जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा स्वीकारः अमेरिका

२० मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा स्वीकार गरेको वरिष्ठ अधिकारीहरुले बताएका छन् । तर, ट्रम्पले अहिले नै तेल अवीवमा रहेको अमेरिकी दूतावासलाई जेरुसेलममा भने सार्ने छैनन् ।

राष्ट्रपति ट्रम्पको सम्भावित सम्बोधन अघि यो समाचार आएको बीबीसीले जनाएको छ ।

अरबका नेताहरुले भने जेरुसेलममा अमेरिकी दूतावास सार्नु भनेको मुस्लिमहरुलाई उत्तेजित बनाउनु भएको चेतावनी दिएका छन् ।

जेरुसेलम इजरायल र प्यालेस्टायनीहरुका लागि एक पवित्र स्थल हो तर, निकै विवादित क्षेत्र पनि । इजरायलले जेरुसेलमलाई राजधानी मान्दै आएको छ तर, प्यालेस्टायनले पूर्वी जेरुसेलम भविश्यको प्यालेस्टायनी राज्यको राजधानीको रुपमा लिएको छ ।

जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिका पहिलो देश हो । राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी मानेर वास्तविकतालाई स्वीकार गरेको अमेरिकी प्रशासनका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment