+
+
Shares

मौन अवधिमा ३ लाख रुपैयाँसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २० गते १२:५७

२० मंसिर, वीरगञ्ज । निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।

मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् ।

निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार नमुना मतपत्र र नगद ३ लाखसहित उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय, पोखरीयाले जनाएको छ ।

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा अशोक रौनियार, फुलकौलका बासुप्रसाद र बृजेश पटेल रहेका छन् । प्रहरीले भने उनीहरुको परिचय खुलाउन चाहेको छैन ।

ना १ ह ९३३२ नम्बरको अटो रिक्सामा पोखरिया गइरहेका उनीहरुको साथबाट ३ लाख नगद फेला परेपछि अनुसन्धानका लागि नियन्त्रणमा

लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानाकारी दिए ।

थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?