+
+
Shares

बुधबार राति १२ बजेदेखि सवारी निषेध

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २० गते १४:१२

२० मंसिर, काठमाडौं । दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने जिल्लामा बुधबार राति १२ बजेदेखि सवारीसाधन निषेध गरिने भएको छ ।

गृह मन्त्रालयका अनुसार मतदानको अघिल्लो दिन २० गते राति १२ बजेदेखि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिएको हो ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका लागि अनुमति पत्र भएका र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर लगायत) बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउन निषेध गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?