Comments Add Comment

दीलिपको आशामा ‘गोरे’ यूनिट


मंसिर २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोरे’को निर्माणपक्ष नायक दीलिप रायमाझीको क्रेज फर्काउने दाउमा छ । यो चलचित्रमा नायक रायमाझी र नायिका अनु शाहको मुख्य भूमिका छ । कुनै समय निकै चर्चामा रहेका दीलिप अहिले फाट्टफुट्ट चलचित्रमा मात्र काम गरिरहेका छन् ।

उनै, दीलिप चलचित्र ‘गोरे’ मार्फत फेरि स्थापित हुने दाउमा छन् । अहिले उनी कहिले अमेरिका त कहिले नेपालमा बसोबास गर्दै आएका छन् । यो चलचित्रको शिर्ष भूमिकामा दीलिपले नै काम गरेका छन् ।

सोझो गोरेदेखि स्मार्ट गोरेसम्मको भूमिका उनले निर्वाहा गरेका छन् । चलचित्रका निर्देशक रामेशकुमार राई यो भूमिका दीलिप बाहेक अन्य कलाकारले गर्न नसक्ने बताउँछन् । सूर्य जीसीको प्रस्तुतीमा रुपा जीसीले निर्माण गरेको चलचित्रमा हरिनारायण चौधरीको छायांकन, विकास चौधरीको संगीत छ ।

चलचित्रको यूनिट नायक दीलिप रायमाझीको आशामा देखिएको छ । दर्शकले फेरि दीलिपलाई पुरानै माया दिने विश्वास यसको निर्माणपक्षले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment