Comments Add Comment

महिला स्वास्थ्यः यस्तो गल्तीले हुनसक्छ यीस्ट संक्रमण

यीस्ट इन्फेक्सन, महिलामा हुने आम समस्या हो । यीस्ट एक फंगस हो । यो योनीमा कम संख्यामा हुन्छ । तर, योनीमा विविध कारणले यसको संख्या एकदमै बढ्न पुग्छ । यसलाई भेजाइनल यीस्ट इन्फेक्सन भनिन्छ ।

यो आफैमा कुनै रोग होइन, तर यो समस्या त्यही महिलालाई बढी हुन्छ जो यौन क्रियामा अक्सर सक्रिय हुन्छन् । कहिले कहिं एन्टिबायोटिक्सले पनि यस्तो समस्या निम्त्याउँछ ।

जब यीस्ट इन्फेक्सन हुन्छ, चिलाउने, दुख्ने हुन्छ । यीस्ट इन्फेक्सन भए/नभएको केहि संकेत मिल्छ । जस्तो कि,

१. चिलाउने, दुख्ने वा योनी आसपास पीडा हुने ।

२. पिसाब फेर्न वा यौन सम्पर्क गर्दा दुखाई वा जलन हुने ।

३. योनीद्वारवाट गाढा सेतो तरल पदार्थ बग्नु । -तर सबै महिलामा यस्तो लक्षण नदेखिन सक्छ)

संभावित कारणमा विचार गरौं

यीस्ट इन्फेक्सन भए/नभएको थाहा पाउन समस्या भइरहेको छ भने निम्न कुरामा ख्याल राख्न सकिन्छ ।

एन्टिबायोटिक्सः कतिपय महिलामा केहि दिनसम्म एन्टिबायोटिक्स लिएपछि यीस्ट इन्फेक्सन हुन्छ । एन्टिबायोटिक्सले हाम्रो शरीरको राम्रो ब्याक्टेरिया नष्ट गरिदिन्छ । यसमा यीस्ट बढ्नमा रोक्ने व्याक्टेरिया पनि पर्छ । त्यही कारण यीस्ट इन्फेक्सन हुन्छ । यदि योनी चिलाउने वा दुख्ने हुन्छ भने यीस्ट इन्फेक्सन भएको हुनसक्छ ।

मासिक श्रावः कुनैपनि महिलामा मासिक श्रावको बेला यीस्ट इन्फेक्नस हुने अधिक संभावना हुन्छ । यदि माथि उल्लेख गरिएको लक्षण देखिएमा यीस्ट इन्फेक्सन भएको हुनसक्छ ।

बर्थ कन्ट्रोलः  गर्भनिरोधक चक्की वा एक पटक लिइने ‘मर्निङ आफ्टर’ पिल्सको कारण हर्मोन लेभलमा परिवर्तन आउँछ । यसले पनि यीस्ट इन्फेक्सन हुने संभावना रहन्छ ।

एचआइभी वा मधुमेहः  मधुमेह वा एचआइभी संक्रमण भएमा पनि यीस्ट इन्फेक्सनको संभावना रहन्छ ।

गर्भावस्थाः  गर्भावस्थाको समयमा हुने हर्मोनल परिवर्तनको कारण यस समयमा यीस्ट इन्फेक्सन हुने संभावना हुन्छ ।

सामान्य अवस्थाः  कमजोरी, मोटोपन, कम सुत्ने बानी, तनाव आदि कारणले यीस्ट इन्फेक्सनको संभावना रहन्छ ।

योनी संक्रमणको प्रकार

योनीमा इन्फेक्सन मूख्य तीन प्रकारको हुन्छ ।

१. योनीमा यीस्ट संक्रमण- यो सबैभन्दा आम प्रकारको योनी संक्रमण हो । क्यानडिडा नामक फंगसको कारण यीस्ट संक्रमण हुन्छ ।

२. योनीमा ब्याक्टेरियल संक्रमण- यीस्टका साथै ल्याक्टोबेसिलस ब्याक्टोरिया पनि योनीमा हुन्छ । जब यसको संख्या एकदमै कम हुन पुग्छ यो ब्याक्टेरियल भेजिनोसिसको कारण बन्छ ।

३. ट्राइकोमोनिएसिस- तीन किसिमको योनी संक्रमणमा ट्राइकोमोनिएसिस एकमात्र यस्तो संक्रमण हो, जो यौन संचारित संक्रमण हो । सामान्यतः यसलाई टि्रच पनि भनिन्छ । यो संक्रमण यौन सम्पर्कको क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

के छ उपचार ?

– सकेसम्म योनीलाई सुख्खा राख्न प्रयास गर्ने । पिसाब गरिसकेपछि सफा पानीले धुने र सफा कपडाले पुछ्ने ।

–     योनीको बाहिरी भाग सफा र सुख्खा राख्ने ।

–     जाली भएको वा नगुम्सिने खालको पेन्टी प्रयोग गर्ने । पोली प्रोयाइलीन, सिन्थेटिक मटीरियलको पेन्टी सुरक्षित हुन्छ ।

–     सक्रिय ब्याक्टेरिया कल्चरका साथ दही सेवन गर्ने । योनीमा सामान्य व्याक्टेरियाको स्टर बढाउनका लागि एसिडोफाइलस पनि लिनुपर्छ । यसका साथै पर्याप्त क्रेनबेरी जुस पिउनुपर्छ । यसले योनीलाई एसिडिक बनाउँछ, जसले यीस्ट प्रतिरोधी काम गर्छ ।

–     चिनीजन्य पदार्थ सेवन गर्नु हुँदैन । चिनीजन्य खानेकुराले यीस्ट संक्रमणमा बढाव दिन्छ ।

–     दही खानु लाभदायक हुन्छ । साथै योनी क्षेत्रमा दही लगाउन पनि सकिन्छ ।

चेतावनी

– यौन सम्पर्क गर्नुअघि यीस्ट इन्फेक्सन ठिक हुन दिनुपर्छ ।

–     यदि एक बर्षमा चार पटकभन्दा बढी पटक यीस्ट इन्फेक्सन भयो भने चिकित्सकलाई देखाउनैपर्छ ।

–     उपचारपछि पटक पटक यसको लक्षण देखिएमा पनि चिकित्सकलाई देखाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment