सोमबार, २५ मंसिर, २०७४
OnlineKhabar.com

जाजरकोटमा मतगणना सुरु, दुर्इ स्थानमा गणना हुँदै

नरेश रानामगर

२१ मंसिर, जाजरकोट । एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकको निर्णय अनुसार मत गणना सुरु भएको हो ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा  सदस्य दुवै तर्फको मत गणना दुर्इ ठाउँमा सुरू गरिएको हो ।  प्रदेश (क) अन्तर्गतको त्रिवेणी नलगाड नगरपालिका र (ख) अन्तर्गतको जुनीचाँदे गाउँपालिकाबाट मतगणना सुरु भएको छ ।

जाजरकोटमा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनबाट माअोवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजीवबिक्रम शाहवीच प्रतिस्पर्धा छ ।

 

 

 

२०७४ मंसिर २१ गते १७:४२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this