+
+
Shares

नीतासँग प्रमोदको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १०:५७


नायिका नीता ढुंगाना र नायक प्रमोद भारद्धाजले छायांकन भैरहेको एक चलचित्रमा जोडी वाँधेका छन् । वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको कथामा चलचित्र ‘रियाल रिंगेट’ बनिरहेको छ । यो चलचित्रलाई दीपक अधिकारीले निर्देशन गरिरहेका छन् ।

दीपकले यहि चलचित्रबाट रजतपटमा डेब्यू गरेका हुन् । चलचित्रमा प्रमोद, नीताको साथमा छुल्ठिम गुरुङ, रामचन्द्र अधिकारी लगायतका कलाकारले अभिनय गरिरहेका छन् । प्रदिप भारद्धाजले चलचित्रको कथा लेखेका हुन् ।

नायक प्रमोदका अनुसार नाम ‘रियाल रिंगेट’ भएपनि यसले विश्वभर श्रमका लागि पुगेका नेपालीहरुको कथा बोल्नेछ । ७० लाखको बजेटमा निर्माण भैरहेको चलचित्रको पूर्वका दमक, विर्तामोड, पथरी, इलाम लगायतका स्थानमा छायांकन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?