+
+

सातामा बुटवल पावरको सबैभन्दा धेरै सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १४:२९

२२ मंसिर, काठमाडौं । यस साता तीन दिन भएको कारोबारमा बुटवल पावर कम्पनीको सेयर कारोबारमा उच्चले वृद्धि भएको छ । कम्पनीको सबैभन्दा २ लाख ५ हजार कित्ता सेयर किनबेच भएर १५ करोड १४ लाखको कारोबार भयो ।

बुटवल पावरको कारोबार वृद्धि हुनुमा कम्पनीले प्रिमियममा नयाँ सेयर निष्कासन (एफपीओ) जारी गर्ने तयारी गर्नु, यसको सहायक कम्पनीमा चिनियाँ लागनी भित्रन लागेको खबर रहेको छ । कम्पनीले ५ सय १ रुपैयाँमा एफपीओ जारी गर्न लागेको हो ।

कारोबार संख्याको आधारमा भने सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १ हजार २ सय ५ पटक सेयर किनबेच भयो । सातामा १ सय ७३ कम्पनीहरुको कारोबार भएको छ भने १ अर्ब ८१ करोड रुपैयाँ बराबरका ३३ लाख ७० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५०.३७ प्रतिशत कम हो ।

साताको पहिलो दिनको तुलनामा नेप्से ९.७७ अंकले बढेर अन्तिम दिन १ हजार ५ सय ३६ अंकमा पुगेको छ । सातामा ९ लाखभन्दा बढि कित्ता सेयर सूचीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?