२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा विजयी गगनकुमार थापाले मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताएका छन् ।
गगन थापाले समग्र चुनावी परिणाम भने कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भनेका छन् । समग्र चुनावी परिणामबारे सोधिएको प्रश्नमा उनले भने, ‘यसबारे अहिले नै हल्का ढंगले प्रतिक्रिया दिन्नँ । यो कांग्रेसका लागि ठूलो दुर्घटना हो ।
उनले अब कांग्रेस यसरी नचल्ने बताए ।
उनले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री भन्दै चपली बम विस्फोटका घाइतेलाई भेट्न आग्रह गरे । बम विस्फोट प्रायोजित हुनेसक्ने भन्दै ओलीले भनेकोमा उनले खेद प्रकट गर्दै भने, ‘यो अहंकार प्रधानमन्त्रीका रुपमा नरहोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4