+
+
Shares

समानुपातिकको मतगणना सुरु, कांग्रेस पहिलो, एमाले दोस्रो

माओवादी तेस्रो, राप्रपालाई २०, नयाँ शक्तिलाई ३६

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते १२:१५


२३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ ।

हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत पाउँदा एमालेले ४६१३ मत पाएको छ । माओवादीले १४३४ मत पाएको छ ।

त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपा/फोरमले २/२ मत पाएका छन् । कांग्रेसले ५ हजार बढी मत ल्याउँदा विवेकशील साझाले १ मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?