चलचित्र ‘मट्टमिाला’को छायांकन समाप्त भएको जानकारी यसको निर्माणपक्षले दिएको छ । यो चलचित्रमा वुद्धि तामाङ र रजनी गुरुङको मुख्य भूमिका छ । ३ महिना लगाएर चलचित्रको छायांकन काठमाण्डौ, काभ्रे, सिन्धुलीगढी, कुलेखानी लगायतका क्षेत्रमा गरिएको छ ।
यो चलचित्रलाई टेके पौरखी राइले निर्देशन गरेका हुन् । यो चलचित्रको कथाले गाउँ र शहरको जीवनयापनमा देखिने अन्तर र त्यसले निम्त्याएको द्धन्द्धलाई पर्दामा उतारेको निर्माणपक्षले बताएको छ ।
चलचित्रमा चिरन राई, शिशिर राना, अर्जुन गुरुङ, अरुणा कार्की, विनोद राई, दीपक आचार्य लगायतका कलाकारको अभिनय छ । चलचित्रमा पृथ्वी राइको लगानी छ । निर्देशकको नै कथा रहेको चलचित्रमा राहुल राइको छायांकन, अनिलकुमार महर्जनको सम्पादन छ । यसैबर्षको अन्तिममा चलचित्र रिलिज गर्ने लक्ष्य निर्माणपक्षले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4