+
+

चितवन २ बाट कृष्णभक्त पोखरेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते १८:३९

२४ मंसिर, चितवन । चितवन निर्वाचन क्षेत्र नं. २ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

पोखरेलले कांग्रेसका उम्मेदवार शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतले पराजित गरे ।

पोखरेलले जितका लागि ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे ।

पोखरेलले यसअघि ०७० सालमा चितवन निर्वाचन क्षेत्र नः ३ बाट जितेका थिए । अधिकारी भने चितवन २ बाट विजयी भएका थिए ।

चितवनका साविक ५ क्षेत्र ३ वटा बनेपछि पोखरेल र अधिकारी एउटै क्षेत्रमा आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?