२४ मंसिर, जनकपुर । मतगणनाका क्रममा शुरुदेखि नै पछि परेका एमाले नेता रघुवीर महासेठले धनुषा ४ मा अग्रता लिन शुरु गरेका छन् । महासेठले मतगणना आधाभन्दा बढी भएपछि राजपा—फोरमको मधेसवादी गठबन्धनलाई उछिनेका हुन् ।
मतगणनाको अन्तिम समयमा आएर महासेठको अग्रतासँगै एमाले कार्यकर्ताहरु मतगणनास्थलमा जम्मा हुन थालेका छन् । सो क्षेत्रमा कांग्रेसबाट खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव तेस्रो स्थानमा छन् ।
शुरुवाती चरणदेखि तेस्रो स्थानमा रहेका महासेठ अन्तिम समयमा आएर १५ हजार १ सय ८२ मत प्राप्त गरेर अगाडि आएका हुन् । राजपा—फोरम गठबन्धबाट उम्मेदवारी दिएका फोरम नेता महाजन यादव १४ हजार २ सय ८७ मत सहित दोस्रो स्थानमा छन् ।
यादव शुरुवाती चरणको परिणादेखि नै अग्रस्थानमा रहँदै आएका थिए । महासेठ र यादव बीच ८ सय ९५ को मतान्तर रहेको छ । कांग्रेसका नेता महेन्द्र यादव १३ हजार ७ सय ७० मत ल्याएर तेस्रो स्थानमा छन् ।
अब मतगणना एमालेको प्रभाव रहेका मिथिला नगरपालिकामा जारी छ ।
– राजकमल सिंहको सहयोगमा
प्रतिक्रिया 4