Comments Add Comment

कास्कीमा ९ हजार १३ मत बदर

२४ मंसिर, पोखरा । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा कास्कीमा ९ हजार १३ मत बदर भएको छ । कास्कीमा प्रतिनिधिसभाको चुनावमा ५ हजार २ सय १५ र प्रदेशसभातर्फको चुनावमा ३ हजार ७ सय ९८ मत बदर भएको हो ।

कास्कीमा प्रतिनिधिसभाको चुनावमा खसेको १ लाख ८० हजार ८ सय ४६ मध्ये १ लाख ७५ हजार ६ सय ३१ मत सदर र ५ हजार २ सय १५ बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीले जनाएको छ । बदर मत कुल खसेको मतको २.८८ प्रतिशत हो ।

त्यस्तै, प्रदेशसभातर्फ १ लाख ८० हजार ८ सय ३ मत खसेकोमा १ लाख ७६ हजार ९ सय २३ मत सदर भएको जनाइएको छ । प्रदेशसभातर्फ ३ हजार ७ सय ९८ मत बदर भएको हो । यो खसेको मतको २.१० प्रतिशत हो ।

प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर १ मा ६९ हजार ९८ मत खसेकोमा २.३३ प्रतिशत मत बदर भएको छ । यस क्षेत्रमा ६७ हजार ४ सय ८६ मत सदर र १ हजार ६ सय १२ मत बदर भएको जनाइएको छ ।

क्षेत्र नम्बर २ मा ४९ हजार ९ सय १३ मत खसेकोमा २.९३ मत बदर भएको छ । सो क्षेत्रमा ४८ हजार ४ सय ४९ मत सदर र १ हजार ४ सय ६४ मत बदर भएको हो । क्षेत्र नम्बर ३ मा ६१ हजार ८ सय ३५ मत खसेकोमा ३.४६ प्रतिशत मत बदर भएको छ । उक्त क्षेत्रमा ५९ हजार ६ सय ९६ मत सदर र २ हजार १ सय ३९ मत बदर भएको छ ।

मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनुलाई प्रमुख कारण मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment