+
+
Shares

डन गणेश लामा युवा संघ उपाध्यक्ष चन्द्र लामासँग पराजित

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७४ मंसिर २४ गते २२:२४

२४ मंसिर, धुलिखेल । गुण्डा नाइके गणेश लामा प्रदेशसभा सदस्यमा पराजित भएका छन् । काभ्रे निर्वाचन क्षेत्र १ को ‘ख’ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका गणेश लामा एमालेका चन्द्र लामासँग पराजित भएका हुन् ।

एमाले सम्बद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामा २४ हजार ४४७ मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी गणेश लामाले २० हजार २७० मत प्राप्त गरे ।

बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा बिलयसँगै प्रदेशसभाको उम्मेदवार बनेका गणेश लामामाथि सम्पत्ति शुद्धिकरणको मुद्दा चलिरहेको छ । उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योगमा समेत प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?