Comments Add Comment

सप्तरीको सबै नतिजा सार्वजनिक, १२ मध्ये ८ सिटमा मधेसी गठबन्धन विजयी

२५ मंसिर, सप्तरी । सप्तरीका प्रतिनिधिसभा तर्फका ४ र प्रदेशसभाका ८ गरी सबै १२ वटा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । सप्तरीको ४ प्रतिनिधिसभा क्षेत्रमध्ये ३ वटामा मधेसी गठबन्धन विजयी भएको छ । एक क्षेत्रमा कांग्रेसले जीत हात पारेको छ ।

क्षेत्र नम्बर १, २ र ३ मा मधेशी गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम नेपालका डा. सुर्यनारायण यादव, २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र क्षेत्र नम्बर ३ मा राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् ।

डा. यादव २१ हजार ७ सय १२ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार अशोक मण्डलले १८ हजार २ सय २५ मत प्राप्त गरे । यहाँ तेस्रो स्थानमा कांग्रेस रह्यो । कांग्रेसका उम्मेदबार रामदेव साहले १५ हजार २ सय २५ मत प्राप्त गरे ।

क्षेत्र नम्बर ३ मा राजपाका चौधरीले २२ हजार ५ सय ८४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश यादवले १९ हजार ४ सय १ मत प्राप्त गरे ।

क्षेत्र नम्बर २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादवले २१ हजार ६२० मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उमेश यादवलेे ११ हजार ५८० मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जयप्रकाश ठाकुरले भने ९ हजार ४ सय ५८ मत प्राप्त गरे ।

क्षेत्र नम्बर ४ मा कांग्रेस

प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा भने कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि उनी ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसबाटै विजयी भएका उनी यस पटक पुनः विजयी भएका हुन् ।

चौधरी २४ हजार १ सय १३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८ सय ८६ मत ल्याए ।

यस्तो छ प्रदेशसभाको परिणाम

प्रदेशसभा तर्फ सप्तरी क्षेत्रनम्बर १ को ‘क’मा एमालेका सत्यनारायण मण्डल निर्वाचित भएका छन् । एमालेका प्रदेश संयोजक सत्यनारायण मण्डल ११ हजार ३ सय २ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी राजपाका राजकुमार लेखीले ९ हजार २५२ मत पाए ।

क्षेत्रनम्बर १ को ‘ख’मा राजपाका नवलकिशोर साह १३ हजार ६ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसका बद्री महात्मान यादव ६३३ मत ल्याई दोस्रो स्थानमा रहे ।

सप्तरी प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर २ को ‘क’मा मा संघीय समाजवादी फोरम नेपालका शैलेन्द्र साह निर्वाचित भएका छन् ।

साह १० हजार ५ सय ७० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका सरोज मण्डलले ७ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर २ को ‘ख’मा राजपाका महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित भएका छन् । उनी ८ हजार ९३९ मतका साथ उनी निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वीमा वाम गठबन्धनका महेश यादव ४ हजार ९८६ मत ल्याएका छन् ।

प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर ३ को ‘क’मा कांग्रेसका उम्मेदवार मोहम्मद समीम ११ हजार ६ सय २८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका दिनेश यादवले ९ हजार ९ सय ७९ मत प्राप्त गरे ।

प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर ३ को ‘ख’मा राजपाका बिदेश्वर यादव निर्वाचित भएका छन् । यादवले १० हजार ३ सय २८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद यादवले ६ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर ४ को ‘क’मा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने १५ हजार ११३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिताराम साहले ११ हजार ३९५ मत पाएका छन् ।

प्रदेशसभा क्षेत्र क्षेत्रनम्बर ४ को ‘ख’मा संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव निर्वाचित भएका छन् । ९ हजार ६ सय ५ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेकानन्द झाले ७ हजार ३ सय ३६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment