+
+
Shares

बिमानभित्रै दंगल गर्ललाई सुम्सुम्याउने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते ११:२७

मुम्बई । यस वर्षको ब्लकबस्टर फिल्म दंगलकी अभिनेत्री जायरा वसीमलाई विस्तारा एयरलाइन्सको बिमानभित्र दुब्र्यबहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । ३९ वर्षीय विकास सचदेवले जायरालाई दिल्लीबाट मुम्बई जाने क्रममा दुब्यबहार गरेका थिए ।

जायराले आफुमाथि दुव्यवहार भएको भन्दै एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । प्रहरीका डेपुटी कमिश्नर अनिल कुम्भारेले विकासलाई सोमवार अदालतमा पेश गरिने जानकारी दिए । विकासको बिरुद्ध महिलामाथी आपराधिक आक्रमण गरेको अभियोगमा प्रहरीले मुद्दा दर्ता गराएको छ ।

त्यसो त विस्तारा एअरलाइन्सले जायरासँग माफी माग्दै उक्त घटनामा प्रहरीलाई सहयोग गर्ने बताइसकेको छ ।

मुम्बई एअरपोर्टमा पुगेपछि जायराले एक भिडियो सार्वजनिक गर्दै आफ्नो सिटभन्दा पछाडि बस्ने एक पुरुषले दुई घण्टासम्म तनाव दिएको उल्लेख गरेकी छिन् । ती पुरुषले १० मिनेटसम्म आफ्नो पैतालादेखि कम्मर हुँदै गर्दनसम्म सुम्सुम्याएको आरोप जायराले लगाएकी छिन् । उनले भनेकी छिन् ‘के यस्तै घटनाले किशोरीहरुको रक्षा हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?