Comments Add Comment

कृषि विकास बैंकको भ्रष्टाचार काण्डमा न्यूरोड शाखा प्रबन्धकसहित दुई पक्राउ

२५ मंसिर, काठमाडौं । काठमाडौंको न्यूरोडस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा झण्डै ५ करोड रकम हिनामिना गरेको अभियोगमा थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उक्त शाखाका मुख्य प्रबन्धक प्रेमहरि ढुंगेलसहित इसीसी प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टा छन् ।

यसअघि प्रहरीले बैंकका सहायक टेलर दिपिका रेग्मी, तेह्रथुम घर भइ हाल काठमाडौंको बालाजु बस्दै आएका प्रकाश घतानी र दोलखा घर भइ हाल काठमाडौं बस्दै आएका रमेशकुमार थापालाई पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

उनीहरुले बैंकको अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको सीआइबीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको छ ।

रेग्मी मुख्य याेजनाकार 

कृषि विकास बैंकको न्यूरोड शाखाको भ्रष्टाचार प्रकरणको मुख्य योजनाकार बैंककी सहायक टेलर दिपिका रेग्मी भएको प्रहरीको भनाइ छ ।

उनले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ (ईसीसी) मार्फत सम्बन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानी वापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर त्यही चेक पुनः प्रयोग गर्ने गरेकी थिइन् । र, त्यो रकम बैंकमा रहेको आफ्नो र आफन्तको खातामा रकम जम्मा गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

भ्रष्टाचार भएको रकम मध्ये केही प्रकाश घतानीको खातामा जम्मा हुने गरेको थियो । त्यो रकम वापत उनले रेग्मीलाई सुनका गरगहना दिने गरेको खुलेको छ ।

त्यस्तै, रमेश थापा भने रेग्मीको सहयोगीको रुपमा भ्रष्टाचार प्रकरणमा संलग्न भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment