Comments Add Comment

सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप, ३ जना घाइते

२५ मंसिर, सर्लाही । सर्लाहीको मलंगवामा राष्ट्रिय जनता पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा गोडैता–१०, सिसौटिया निवासी ३५ वर्षीय कपलेश्वर मण्डल, बलरा नगरपालिका–१०, सुदा निवासी सुरेन्द्र सिंह र चक्रघटा–२, बेल्हीका रामछविला शाह छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

क्षेत्र नम्बर ४ को बलरा नगरपालिका–४ मा पर्ने जब्दी बुथको मतपेटिकामा ७ वटा शिल हुनुपर्नेमा ५ वटा शिल मात्र भेटिएपछि विवाद भएको थियो । आइतबार राति साढे १० बजेदेखि त्यहाँ मतगणना समेत भएको छैन ।

राजपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राकेश मिश्र साथै चुनावको दिन ४५ प्रतिशत मतदान भएको दाबी गर्छन् । तर, गणना गर्ने समयमा ९६ प्रतिशत मतदान रेकर्ड देखिएपछि विवाद भएको जनाइएको छ ।

यही विषयमा विवाद हुँदा झपड भएको जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment