Comments Add Comment

कांग्रेस नेता रमेश लेखक २५८ मतान्तरले पराजित, एमालेका दीपक भट्ट बने सांसद

डा. दीपक प्रकाश भट्ट (वायाँ) र रमेश लेखक ।

२६ मंसिर, कञ्चनपुर । कञ्चनपुर क्षेत्रनम्बर ३ मा कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा.दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

भट्टले २६ हजार ३६४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी एवम् पूर्वमन्त्री लेखकले २६ हजार १०६ मत पाए ।

तेस्रो स्थानमा विवेकशील साझा पार्टीका दिपेन्द्र कार्की छन् र उनको मत ३०३ छ ।

प्रदेशसभा तर्फ एमाले र माओवादीले एक-एक सिट जितेका छन् । क्षेत्रनम्बर ३ (क)मा एमाले उम्मेदवार प्रकाश रावल १२ हजार ८१७ मतसहित प्रदेशसभामा निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत पाएका छन् ।

क्षेत्रनम्बर ३ (ख)मा माओवादी केन्द्रका मानबहादुर सुनार १३ हजार ७ सय मतसहित निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बेलबहादुर रानामगरले १३ हजार ५३९ मत पाएका छन् ।

कञ्चनपुरका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमध्ये दुईवटामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएका छन् । क्षेत्रनम्बर १ मा विना मगर निर्वाचित भएकी छन् । यसैगरी क्षेत्रनम्बर २ मा नरबहादुर धामी र ३ मा दीपक प्रकाश भट्ट विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment