Comments Add Comment

पायल्सको समस्याबाट यसरी छुटकारा पाउने

पायल्स, धेरैलाई सताउने रोग हो । यद्यपी धेरैले लुकाउने रोग पनि । पायल्स भएर पनि यसबारे बताउन लाज मान्छौं, हामी । त्यही कारण यो समस्याले हामीलाई दिनदिनै गाल्दै, थला पार्दै लान्छ । जब समस्या जटिल अवस्थामा पुग्छ, उपचार खर्चालु मात्र होइन असंभव पनि हुनसक्छ ।

पायल्स यस्तो समस्या पनि हो, जसलाई उचित ख्याल गरिए पूर्णत निको पार्न सकिन्छ । तर, बेवास्ता गरिए वा लापरबाही गरिए, पायल्सले जीवनभर दु:ख दिन्छ ।

पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाव पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुन्छ । मलद्वारबाट रगत बग्छ । मलद्वारमा घाउ हुन्छ । मासु पलाउँछ । जब मलद्वारमा समस्या हुन्छ, खानपानलाई त्यसले प्रभावित बनाउँछ । खानपान प्रभावित भएपछि स्वास्थ्यमा असर गर्छ । यसले शारीरक मात्र होइन, मानसिक रुपले पनि हामीलाई रोगी बनाउँदै लान्छ ।

किन हुन्छ पायल्स ?

खानपान र जीवनशैलीको कारण यो समस्या हुन्छ । चिल्लो, मसलेदार खानेकुरा, जो सजिलै पच्दैन यस्ता खानेकुरा पायल्सको कारण बन्न सक्छ ।

पानीको सेवन कम गर्नु, फाइबरयुक्त सागपात सेवन नगर्नु, फलफूल सेवन नगर्नु, शारीरिक रुपमा निस्त्रिmय बस्नु, तारेको भुटेको खानेकुरामा जोड दिनु, मासुमंसमा लिप्त हुनु पायल्स निम्त्याउने कारण हुन् ।

खानपान र जीवनशैलीको कारण कब्जियत हुन्छ । कब्जियत भएपछि दिसा त्याग गर्न गाह्रो हुन्छ । दिसा त्याग गर्न गाह्रो भएपति मलद्वारमा अनावश्यक दवाब पुग्छ । यसले घाउँ बनाउँछ ।

के छ उपचार ?

पायल्सबाट बच्ने उपाय भनेको स्वस्थ्य जीवनशैली अपनाउनु हो । यसका लागि खानपान स्वस्थ्य हुनुपर्छ । दिनचर्या सक्रिय हुनुपर्छ ।

१. नियमित रुपमा दिसा गर्ने । दिसा त्यागको लागि निश्चित समय बनाउने ।

२. दिसा गर्दा बल नगर्ने, हतार नगर्ने ।

३. सुपाच्य खानेकुरा सेवन गर्ने ।

४. पर्याप्त पानी वा झोलयुक्त खानेकुरा खाने ।

५. फाइबरयुक्त खानेकुरा, साग, फलफूल सेवन गर्ने ।

६. पिरो, मसलेदार, चिल्लो, तारेको, भुटेको खानेकुरा नखाने ।

७. मदिराजन्य खानेकुरा, मासुजन्य खानेकुरा सेवन नगर्ने ।

८. चिन्ता नलिने । पर्याप्त निन्द्रा लिने ।

घरेलु उपचार

पायल्स हुनुअघि नै यसतर्फ सावधानी अपनाइयो भने दुख पाइदैन । यद्यपी पायल्सको समस्या भइसकेको अवस्थामा भने अन्य प्राकृतिक उपचार खोज्न सकिन्छ ।

१. एउटा भाँडामा तातो पानी राख्ने र मलद्वारलाई डुबाएर राख्ने ।

२. दिसा गरेपछि भिजाएको ट्वाइलटे पेपर प्रयोग गर्नुपर्छ ।

३. मलद्वारलाई सफा राख्नुपर्छ । प्रतिदिन नुहाउनुपर्छ । मनतातो पानीले मलद्वार सफा गर्नुपर्छ ।

४. एलोपेथिक उपचार प्रभावकारी हुन्छ । यद्यपी केहि आर्युवेदिक औषधीले दिर्घकालिन रुपमा यस समस्याबाट छुटकारा दिन्छ ।

चिकित्सकको साहारा

सामान्यत पायल्स हानिररहित हुन्छ । र, यसको उपचार पनि सहज हुन्छ । तर, लामो समयसम्म यो अवस्था रहेमा समस्या जटिल बन्छ । दिसा गर्नै गाह्रो हुने, दुख्ने, रगत आउने समस्या भएमा चिकित्सककहाँ जानुपर्छ ।

पुरानो पायल्स लामो समयमा रहेमा रक्त श्रावको कारण कतिलाई एनीमिया हुनसक्छ ।

शल्यक्रिया गराउने अवस्था

पायल्स जटिल अवस्थामा पुगिसकेको छ भने शल्यक्रियाको विकल्प अपनाउन सकिन्छ । यो उपचार सुरक्षित र प्रभावकारी हुन्छ । यसमा केही विधि छन् ।

१. रबर ब्यान्ड लिगेशन- यसका लागि स-सना रबर ब्यान्ड प्रयोग गरिन्छ । यो पायल्सको जडमा लगाइन्छ । एक हप्तामा पायल्स सुक्छ ।

२. स्क्लेरोथेरेपी इन्जेक्सन- यस विधीमा एक केमिकल इन्जेक्सन लगाइन्छ । यसले पायल्स सुकाउँदै लान्छ । यसले दुखाई र सुन्निएको कम हुन्छ ।

३. कोआगुलेशन- यस प्रविधिमा लेजर वा इन्फ्रा रेड लाइट वा बाई पोलर हिट टि्रटमेन्ट प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment