२६ मंसिर, गुल्मी । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले अबको पाँच वर्षमा क्षेत्रको मुहारै फेरिने गरी काम गर्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता कहाँ खुसी साट्न गाउँगाउँमा भएको कार्यक्रम अन्र्तगत उनले मंगलबार मदाने गाउँपालिकाको पुर्कोट दहमा मतदातालाई धन्यवाद दिँदै भने, ‘अब पनि हाम्ले काम नगरे देश र जनताले धिक्कारर्ने छन् ।’
बिष्टले नेपाली जनतालाई सुखी र नेपाल राष्ट्रलाई समृद्ध बनाउन चाहेकाले वाम शक्ति एकै ठाउँमा आएको बताए ।
बिष्टले भने, ‘यो जीतले हामीलाई ठूलो भन्दापनि थप जिम्मेवादीपनको बोध गराएको छ ।’
देश र जनताको पक्षमा केही गरेर देखाउने समय आएको भन्दै उनले भने, ‘अब हामीले केहि गरेनौं भने फेरि तपाईहरुसँग आउने कुनै बाटो हुँदैन ।’
अबको पाचँ बर्षसम्म जिल्लाका नागरिकलाई खुसी बनाउँदै समृद्ध गुल्मी निर्माण गर्ने अभियानमा लाग्ने अाफ्नाे याेजना रहेकाे भन्दै बिष्टले भने, ‘तपाइँहरुको मत खेर जान दिदैँनौ ।’
प्रतिक्रिया 4