Comments Add Comment

एउटा मजदुर कसरी सुपरस्टार बने ? यस्तो छ रजनीकान्तको कथा

रजनीकान्तले डिसेम्बर १२ मा आफ्नो ६६ औं जन्मदिनको केक काटेका छन् । रजनीकान्त, जसले तमिल सिनेमाबाट सिंगो भारतमा ‘सुपरस्टार’को छवी बनाएका छन् ।

भनिन्छ, भारतीय सिनेमामा अति महंगा अभिनेतामा हुन् उनी । यद्यपी, रजनीकान्तको जीवनशैली उस्तो तडकभडकपूर्ण छैन, जति उनको स्टारडम छ ।

केही समयअघि उनको फिल्म रिलिज हुँदा दक्षिण भारतमा सार्वजनिक विदा नै दिइएको थियो । अब नयाँ बर्षमा फेरि उनी धमकेदार फिल्मका साथ सिल्भर स्क्रिनमा देखिँदैछन् । ब्लकबस्टर ‘रोबोट’को सिक्वेल ‘२.०’ मा रजनीकान्त फेरि दोहोरिँदैछन् ।

दक्षिण भारतमा भगवान जस्तै

रजनीकान्तलाई दक्षिण भारतमा भगवान झैँ पूजा गरिन्छ । कतिसम्म भने, रजनीकान्तको नाममा मन्दिर समेत स्थापना गरिएको छ ।

सिनेमा उनले देखाउने स्टन्ट र बोल्ने डाइलगको तरंग लामो समयसम्म रहन्छ । कतिले त उनकै सिको गर्ने गर्छन् । रजनीकान्त अहिले उमेरले करियरको उत्तराद्भमा छन् । यद्यपी, उनलाई आफ्नो आदर्श मान्नेहरु कम छैनन् । उनको राप अहिलेपनि ओसिलो भइसकेको छैन ।

मजदुर हुँदै कन्डक्टर

रजनीकान्तले अहिले जुन नेम र फेम पाएका छन्, त्यो सायदैले पाउँछन् । किनभने उनी एकदमै निम्न स्तरबाट माथि उठेका अभिनेता हुन् । रजनीकान्त आज जुन स्थानमा छन्, त्यहाँसम्म आइपुग्न उनले जीवनको कठिन पहाड फोरेका छन् ।

कुनैबेला उनी मजदुर थिए । मजदुरी गरेर पेट भर्थे । पछि कार्पेन्टरको काम गरे । त्यसपछि कन्डक्टरको । यससँगै उनमा अभिनयको नसा भने थियो । उनी समय निकालेर अभिनयको क्लास लिन्थे । नाटकहरु खेल्थे ।

रजनीकान्तबारे रोचक कुरा

– रजनीकान्त दक्षिण भारतमा यति प्रिय छन् कि, प्रशंसकले उनको नाममा मन्दिर बनाएका छन् ।
– रजनीकान्त सुपरस्टार हुनुअघि कन्डक्टर थिए । कन्डक्टरअघि कार्पेन्टर थिए । कार्पेन्टरअघि मजदुर थिए ।
– रजनीकान्तको पुरा नाम शिवाजी राव गायकवाड हो ।
– उनको जन्म १२ डिसेम्बर १९५० मा भएको थियो ।
– रजनीकान्तले स्कुल पढ्दाताका नाटकमा अभिनय गर्थे । नाटकमा उनको अभिनयले राम्रो तारिफ पाउँथ्यो ।
– अभिनय सिक्ने क्रममा रजनीकान्तबाट एक निर्देशक प्रभावित भए र उनले आफ्नो फिल्ममा इन्ट्री गराए । फिल्मको नाम थियो, अपूर्व रागांगल ।
– पहिलो फिल्ममा रजनीकान्तको भूमिका एकदमै कम थियो । त्यसैले उनले यसबाट आफ्नो पहिचान बनाउन सकेनन् ।
– अहिले हिरो बनेर अभिनय गर्ने रजनीकान्तले सुरुमा भिलेन बनेर खेलेका थिए । त्यसपछि साइड रोल गरेका थिए । त्यसपछि मात्र हिरोको रुपमा पर्दापण भएका थिए ।
– १९७७ मा आएको फिल्म ‘छिलाकाम्मा चेप्पिनडी’ बाट रजनीकान्त हिरोको रुपमा उदाए ।
– रजनीकान्तले १९८१ मा बिवाह गरे । अहिले उनको दुई छोरी छन् । उनकी पत्नी एक स्कुल सञ्चालन गर्छिन् ।
– सुपरस्टार भएर पनि रजनीकान्तको जीवनशैली सामान्य छ । उनी धोती कुर्ता लगाएरै बस्छन् । अक्सर केही माग्न आउनेहरुलाई उनी हार्दिकताका साथ सहयोग गर्छन् ।
– रजनीकान्तको पिता प्रहरी हवलदार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment