Comments Add Comment

म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु

२८ मंसिर, दार्चुला । भीरबाट लडेर दार्चुलामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

नौगाढ गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र ठगुन्नाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दल्लेख प्रहरी चौकीका प्रहरी हवल्दारको नेतृत्वमा बुधबार गस्ती गएका ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको जनाएको छ ।

ठगुन्नाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment