Comments Add Comment

अक्जिसनको कमीले हुनसक्छ यस्तो रोग

जानकारहरु भन्छन्, काठमाडौंको वायुमन्डलमा अक्जिनको मात्रा कम छ । मानविय हस्तक्षेपको कारण प्राकृतिक सम्पदा मासिदो छ । रुख-जंगल पातलिदैछ । यान्त्रिक कलकारखाना, उद्योग, गाडी हावी भएको छ ।

यहि कारण वायुमन्डल प्रदूषित हुँदैछ । अर्थात राजधानीवासीका निम्ति पर्याप्त अक्जिसन छैन । राजधानी मात्र होइन, अधिकांश शहरी क्षेत्रको अवस्था यस्तै छ ।

अक्सिजनले के गर्छ ? 

शरीरका भित्री अंगहरुले सही ढंगले कार्यसंचालन गर्न र गराउनका लागि अक्सिजनको उपस्थिती चाहिन्छ । शरीरमा अक्सिजनको आपूर्ति रगतको माध्यामबाट हुन्छ ।

जब शरीरमा पर्याप्त अक्सिजन पुग्छ, शरीर निरोगी हुन्छ । तन्दुरुस्त हुन्छ । जसरी पोषिलो खाना, शुद्ध पानीको आवश्यक हुन्छ, जीवनका निम्ति त्यो भन्दा बढी अक्सिजन आवश्यक हुन्छ । वायुमन्डलबाट हामी अक्सिजन निशुल्क रुपमा ग्रहण गरिरहेका हुन्छौं ।

हाम्रो शरीरले त्यतिबेला मात्र सुचारु रुपले काम गर्न सक्छ, जब शरीरका सम्पूर्ण अंगहरुमा आवश्यक्ता अनुसार अक्सिजको आपूर्ति हुन्छ ।

के हुन्छ अक्सिजन नपुग्दा ?

शरीरमा जब अक्सिजनको कमी हुन्छ, त्यसलाई हाइपोजेमिया वा हाइपोक्सिया भन्ने गरिन्छ ।

शरीरीक कमी तथा केही रोगका कारण शरीरमा अक्सिजनको स्तर आवश्यक्ता भन्दा कम हुने गर्दछ । यसलाई चिकित्सकिय भाषामा हाईपोजेमिया वा हाईपोक्सिया भन्ने गरिन्छ । हाईपोजेमिया भएमा विरामीलाई सास लिनमा समस्या हुने गर्छ ।

शरीरमा अक्सिजनकेा स्तर  

सामान्यतया शरीरमा अक्सिजनको स्तर ९५ देखि १०० प्रतिशतसम्म हुने गर्छ । जब शरीरमा अक्सिजनको स्तर ९० प्रतिशत भन्दा कम हुन्छ, त्यसलाई अक्सिजनको कमी भन्ने मानिन्छ । आज्मा, दम लगायतका समस्या भएका विरामीमा अक्सिजनको कमी हुने सम्भावना बढी रहन्छ । शरीरमा अक्सिजनको स्तर कायम राख्न आज्मा, दम जस्ता समस्यालाई नियन्त्रणमा राख्न जरुरी हुन्छ ।

के गर्ने त ?

शरीरमा अक्सिजनको मात्रा कम हुन नदिन समय समयमा अक्सिजनको स्तर जाँच गर्न आवश्यक छ । रगतको जाचद्धारा पनि शरीरमा भएको अक्सिजनका स्तर मापन गर्न सकिन्छ । त्यस्तै, अक्सीमिटरद्धारा पनि शरीरमा अक्सिजनको स्तरको मापन गर्न सकिन्छ । अक्सिमिटरमार्फत रगतको जाच गर्न एउटा क्लिपलाई औलामा लगाएर रगतमा अक्सिजनको मात्रालाई छोटो स्कि्रनमा राखेर देख्न सकिन्छ ।

हाइपोजेमियाका कारण

हाइपोजेमिया जो कसैलाई हुनसक्छ । यद्यपी, यो समस्या कुनैपनि रोगबाट ग्रसित विरामीलाई हुने सम्भावना अधिक हुने गर्छ । जुन मानिसलाई आज्मा, निमोनिया वा फोक्सो सम्बन्धि समस्या छ, उनीहरु यसको जोखिममा हुन्छन् ।  यो रोगको सबैभन्दा मुख्य कारण शरीरमा आयरनको कमीका कारण हुने गर्छ ।

हाइपोजेमियाका लक्षण

–     छाला निलो हुनु

–     छातीमा पिडा हुनु

–     सास लिनमा तकलिफ

–     विना कुनै शारीरीक परिश्रम पसिना आउनु

–     छाला रुखो हुनु

कसरी बच्ने ?

स्वच्छ वातावरण- अक्सिजनको कमी अनेक कारणले हुन्छ । यसमा वाह्य र आन्तरिक दुबै पर्छ । वायुमन्डल प्रदूषित भएमा पनि हामीले पर्याप्त अक्सिजन प्राप्त गर्दैनौ । त्यसैले हामी वस्ने वातावरण हरियाली, स्वच्छ हुनु आवश्यक छ ।

खुला स्थान- साथै हामी बस्ने आसपासको क्षेत्र खुला हुनुपर्छ, जहाँ हावा सहज रुपले आउजाउ गर्न सक्छ । झ्यालढोका खुला हुनुपर्छ । घर अगाडि बगैंचा, हरियाली भए राम्रो हुन्छ ।

प्राणायाम- प्राणायम विधीले सासलाई नियन्त्रणमा राख्न सकिन्छ । यसले शरीरमा अक्सिजन आपूर्ति गराउन सहयोग गर्छ ।

व्यायाम- दैनिक १० मिनेट व्यायाम गरेर तथा आयरनयुक्त खानेकुराको सेवन गरेर पनि शरीरमा हुने अक्सिजनको कमीबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment