Comments Add Comment

‘४ महिनादेखि भर्जिन छु’: गौरव


चलचित्रमा अभिनय गरेर भन्दा पनि ‘साइली’ बोलको गीतमा मोडलिङ गरेर धेरै चर्चामा आएका कलाकार हुन् गौरव पहारि । गौरव पहारिलाई झट्ट हेर्दा धेरैलाई सोझा नायक जस्तो लाग्छ । तर, वुधबार आयोजना भएको चलचित्र ‘मिस्टर भर्जिन’को कार्यक्रममा भने गौरव केहि रंगिन देखिए ।

चलचित्रको नाम नै ‘मिस्टर भर्जिन’ भएकाले कार्यक्रम संचालक नरेश भट्टराइले पनि खुबै रंगिन कुरा नै गरिरहेका थिए । बोल्ने क्रम आएपछि गौरवले भने-‘धेरैले मलाई यो चलचित्रको शिर्षक अनुसार तपाई नसुहाएको बताउनुभयो । हो, म भर्जिन छैन । तर, यो चलचित्रको कथामा डुब्नका लागि ४ महिनादेखि भर्जिन नै छु ।’

गौरवले माइक तानी तानी आफू भर्जिन नरहेको प्रष्ट पारिरहेका थिए । अविवाहित नायकले यसो भनिरहँदा धेरेले अचम्म माने भने हलमा हाँसो छुट्यो । गौरव लगायत चलचित्रका अन्य कलाकार र निर्माण टिमले ‘भर्जिन’को बिषयमा कुरा गरिरहँदा नायिका मरिष्का पोख्रेल भने लजाइन् । मरिष्काले भने एउटा राम्रो कथामा काम गर्न पाउँदा खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment