Comments Add Comment

महंगो बजेटको फिल्मका लागि के-के गर्दैछन् साहरुख ?


बक्स अफिसमा अन्य चलचित्रसँग भिडन्त गर्दा घाटा हुन्छ भन्ने बलिउड नायक साहरुख खानले वुझिसकेका छन् । यसैले पनि उनी, अब आफूले निर्माण तथा अभिनय गरेका चलचित्रलाई सोलो रिलिजका लागि जुनसुकै उपाय पनि अपनाउने दाउमा छन् ।

सन् २०१८ मा साहरुख अभिनित तथा निर्मित महंगो बजेटको चलचित्र रिलिज हुँदैछ । नाम तय भैनसकेको आनन्द एल राय निर्देशित चलचित्र आउँदो बर्षको डिसेम्बर २१ तारिखबाट रिलिज हुँदैछ । तर, यहि मितिमा चलचित्र ‘केदारनाथ’ पनि प्रदर्शन हुने भएपछि ठूलो बक्स अफिस भिडन्तको चर्चा सुरु भएको थियो ।

तर, नायक साहरुख खान यो मितिमा सोलो आउनका लागि दौडधुपमा छन् । चलचित्र ‘केदारनाथ’को निर्माण कम्पनी क्रिअर्ज इन्टरटेन्मेन्टकी प्रमुख प्रेरणा अरोडा र नायक साहरुख खानविच भेटघाट भएको छ । भेटघाटमा दुई चलचित्र एकसाथ प्रदर्शन नगर्ने बिषयमा कुरा भएको छ ।

अब, संभवत दुई ठूलो बजेटमा बन्न लागेको चलचित्रको भिडन्त नहुने देखिएको छ । आनन्द एल रायको निर्देशनमा बनिरहेको चलचित्रमा साहरुख खान, कट्रिना कैफ, अनुष्का शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यस्तै, चलचित्र ‘केदारनाथ’मा नायक सुशान्त सिंह राजपुत र सारा अली खानको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment