Comments Add Comment

फिल्मको फन्डाबाजीः गीत रिलिज कार्यक्रममा विकिनीमा देखिए सुन्दरी

चलचित्र ‘रोमियो एन्ड मुना’को एक रोमान्टिक गीत रिलिज कार्यक्रममा पुगेका पत्रकार र चलचित्रकर्मी अचम्मित बने । चलचित्रका मुख्य नायक विनय श्रेष्ठ जब विकिनी पहिरनमा रहेका २ यूवतीसँगै कार्यक्रम हलमा प्रवेश गरे, धेरैले एक अर्कालाई हेरा हेर गरे ।

चलचित्रमा समावेश ‘स्यान्डविच’ बोलको गीत सार्वजनिक कार्यक्रममा विनय म्यूजिक बजेसँगै विकिनी पहिरनमा सजिएका २ यूवतीसँग डान्स गर्दै कार्यक्रम हलमा प्रवेश गरेका थिए । उनले केहि समय ती यूवतीसँग डान्स पनि गरे ।

नायिका श्रृष्टी श्रेष्ठ र नायक विनय श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रोमियो एन्ड मुना’ फागूण ११ गतेबाट रिलिज हुँदैछ । चलचित्रको तीज गीत यस अगाडि सार्वजनिक गरिएको थियो । तीज गीत रिलिज पश्चात निर्माणपक्षले यति हट गीत सार्वजनिक गरेपछि धेरैले प्रचार शैलीलाई लिएर पनि अचम्म मानेका छन् ।

अमेरिकामा खिचिएको पार्टी गीतमा अमेरिकाकै मोडलहरुलाई विकिनीमा देख्न सकिन्छ । यो गीतको मेकिङ र छायांकन पक्ष उत्कृष्ट छ । नरेशकुमार केसीले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रले गाउँकी एक यूवती र शहरिया यूवाको प्रेम कथालाई उठान गरेको छ । विनय श्रेष्ठ, प्रशन्न गोपाली, सौरभ मल्ल, निर्मल पौडेलले मिलेर यो चलचित्र निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment