+
+
Shares

साहिद एसियाकै सेक्सी पुरुष

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २९ गते १०:१९


बलिउडका चकलेटी नायक साहिद कपुर एशियाकै सबै भन्दा सेक्सी पुरुष हुन सफल भएका छन् । बेलायतको साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले हरेक वर्ष यस किसिमको प्रतियोगिता गर्दै आएको छ ।

हिन्दी चलचित्र ‘उड्ता पञ्जाब’ मा धमाकेदार अभिनय गरेका ३६ वर्षिय साहिदले यसपटक ऋतिक रोशनलाई नै पछि पारेका थिए । उपाधि पाएपछि साहिदले आफूलाई भोट गर्ने सवैप्रति आभारी भएको जनाएका छन् । ‘यो केबल शारीरिक मात्र हैन, मानसिक परिक्षा पनि हो । मलाई उत्तिर्ण गराउनु भो सबैलाई धन्यवाद ।’ उनले भनेका छन् ।

साहिद अभिनित चलचित्र ‘पद्यमावती’ विवादका कारण रिलिज हुन सकेको छैन । साहिद पछिल्लो समय बक्स अफिसमा चम्कन सकेका छैनन् । चलचित्र ‘पद्यमावती’बाट उनले करिअरमा ठूलो अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?