नायक सौगात मल्लले चलचित्र ‘पञ्चेबाजा’मा समावेश ‘घिन घिन मादल बज्यो’ बोलको गीतको भिडियोमा गज्जबको नृत्य गरेका छन् । न्यू भेनस फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
राजेश शाहीको निर्माणमा तयार भएको चलचित्रको यो गीतमा अन्जु पन्त र डेविड शंकरको स्वर, प्रदिप भारद्धाजको शब्द, विकास चौधरीको संगीत छ । गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ, वुद्धि तामाङ, श्रृजना सुब्बालाई फिचरिङ गरिएको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि घले लामाले छायांकन गरेका हुन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक घनश्याम लामिछानेले विशुद्ध नेपाली कथामा चलचित्र बनाएको बताए । सारा गुरुङ चलचित्रकी सह-निर्मात्री हुन् । नायक सौगात मल्लले गीतको छायांकनको क्रममा निकै रमाइलो भएको प्रतिक्रिया दिए ।
प्रतिक्रिया 4