Comments Add Comment

यो हो सन् २०१७ को वर्ष शव्द, के हो यसको अर्थ ?


अक्सफोर्ड डिक्सनरीले सन् २०१७ का लागि Youthquake लाई वर्ष शव्द अर्थात् वर्ड अफ दी इयर घोषणा गरेको छ ।

यसको अर्थ एक्काइसौँ सताब्दीको पहिलो दशकमा युवाअवस्थामा पुगेका अर्थात् मिलेनियल पुस्ताको मतदातामा रहेको राजनीतिक जागृतिलाई बुझाउँदछ ।

युथ क्वेक अर्थात् युवा कम्पन शव्दको पहिलो प्रयोग सन् १९६० को दशकमा ख्यनगभ पत्रिकाका सम्पादकले प्रयोग गरेका थिए । फेसन, संगीत तथा व्यवहारमा अचानक आएको परिवर्तलाई इंगित गर्न यसको प्रयोग गरिएको थियो ।

अक्सफोर्ड डिक्सनरीले युथक्वेकलाई सन् १९६० को दशकमा विद्याथी तथा युवाहरुको बीचमा कट्टर राजनीतिक तथा सांस्कृतिक उथलपुथलको श्रृंखलाको रुपमा परिभाषित गरेको छ । हालैका दिनहरुमा यो शव्दको प्रयोग पुनः उच्च दरमा हुन थालेको छ । यसले राजनीतिक परिवर्तन चाहने युवाहरुलाई जनाउने डिक्सनरीले जनाएको छ ।

अक्सफोर्ड डिक्सनरीका एक अधिकारी केसपर ग्रेथलका अनुसार यस वर्ष स्न् २०१७ मा युथक्वेक शव्दको प्रयोग विश्वमा भएका भाषणहरुमा ५ गुणासम्म बढेको पाइयो । बेलायतमा चाहीँ गत जून महिनामा भएको आम चूनावमा निकै बढ्यो ।

स्मरण रहोस् गत वर्ष सन् २०१६ मा post-truth शव्द वर्ड अफ द इयर छनोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment