नायक आमिर खानलाई अफर गरिएको एक बायोपिक चलचित्र अब अर्का नायक साहरुख खानले गर्ने पक्का भएको छ । अन्तरिक्षमा पुग्न सफल पहिलो भारतीय नागरिक राकेश शर्माको बायोपिक चलचित्रमा नायक आमिर खानले काम गर्ने पक्का भएको थियो । तर, आमिरले १० बर्ष कुनै पनि बाहिरी ब्यानरको चलचित्रमा काम नगर्ने निर्णय गरेपछि यसको मेकरले नायक साहरुख खानलाई अफर गरेको हो ।
यो चलचित्रलाई सिद्धार्थ रोय कपुरले निर्माण गर्दैछन् भने महेश मथाहीले निर्देशन गर्दैछन् । नायक आमिर खान आफैले साहरुखलाई भेटेर यो भूमिकाका लागि बताएका हुन् । साहरुखले यो भूमिका यति राम्रो थियो भने तिमीले किन गरेनौ भनेर आमिरलाई सोधेका थिए । आमिरले १० बर्ष आफूले आफ्नो ब्यानर बाहिरको चलचित्र नगर्ने निर्णय गरेसँगै यो चलचित्र छाड्नुपरेको बताएका थिए ।
आमिरले राकेश शर्माको बायोपिकका लागि साहरुखलाई बलियो रुपमा अफर गरेका थिए । यसपछि, यो चलचित्रको अफर साहरुखले स्विकार गरेको मिडियामा खबर छ । मिडियामा रणवीर कपुर र रणवीर सिंहलाई पनि चलचित्रको अफर गरिएको खबर सार्वजनिक भएपनि यसको निर्माणपक्षले यसलाई झुटो भनेको छ ।
आमिरपछि सिधै साहरुखलाई चलचित्रका लागि अफर गरिएको निर्माता कपुरले बताएका छन् । चलचित्रको नाम ‘स्यालुट’ राखिएको छ ।
प्रतिक्रिया 4