Comments Add Comment

गुजरातमा भाजपा जित्यो, हिमाञ्चलबाट कांग्रेस बाहिरियो

३ पुस, नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा)ले गुजरातमा लगातार छैटौं पटक चुनाव जितेको छ । हिमाञ्चल प्रदेशको सत्ताबाट भने कांग्रेस बाहिरिएको छ ।

यो जितसँगै भारतको १९ राज्यमा भाजपाको सरकार हुनेछ ।

सुरुवाती रुझानमा गुजरातमा कांग्रेसले १८१ मध्ये ८१ सिटमा अग्रता लिएर भाजपालाई कडा टक्कर दिएको थियो, जो ७८ सिटमा मात्र अगाडि थियो ।

तर, यो अग्रता धेरैबेर रहन सकेन । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले ९५ सिटमा चुनाव जितेको छ भने अन्य चार सिटमा अग्रता लिएको छ ।

यो सरकार बनाउन आवश्यक बहुमत हो । कांग्रेसले ७५ सिट जितेको छ भने दुई सिटमा अग्रता छ । पाटीदारको समर्थन पाएका कारण कांग्रेसले आफ्नो सिट संख्या बढाएको छ । तर, उसले दाबी गरे जस्तो सरकार बनाउने अवस्था रहेन ।

हिमाञ्चल प्रदेशमा भाजपाले ३२ सिट नितेको छ । १२ सिटमा उसका उम्मेदवार अगाडि छ । तर, उसका मुख्यमन्त्रीका उम्मेदवार प्रेमकुमार धुमाल पराजित भए ।

६८ सदस्यीय विधानसभा सदस्यका लागि भएको चुनावमा प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेसले १७ सिट मात्र जितेको छ भने चार सिटमा अग्रता छ ।

चुनाव जितपछि भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जनता देश रिर्फमका लागि तयार रहेको बताए । गुजरातमा एक पटक भाजपालाई हराउन थुप्रै षड्यन्त्र भएको तर, ३० वर्षसम्म जित कायम राख्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment