+
+

शिक्षा कार्यालयलाई महानगरले भन्यो- हाम्रो कार्यक्षेत्रमा हस्तक्षेप नगर

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ४ गते १४:१६


४ पुस, काठमाडौं । काठमाडौं महानगरले जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन नगराउन सचेत गराएको छ ।

महानगरका प्रमुख प्रशाशकीय अधिकृत धनिराम शर्माल एक प्रेस विज्ञप्ति जारी गर्दै पुस १ गते संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनको सूचनामा महानगरको ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा संविधानले स्थानीय तहलाई अधिकारका रुपमा दिएको विषयगत काममा प्राविधिक एवं व्यवस्थापकीय क्षेत्रमा सहयोग गरेर संघीय व्यवस्थालाई सफल बनाउन साझेदार निकायहरुलाई आव्हान गरिएको छ ।

‘नेपालको संविधानबमोजिम विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्य स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्छन् । स्थानीय तहको निर्वाचनपछि, स्थानीय सरकार गठन भइसकेको र स्थानीयसरकार सञ्चालन ऐन २०७४ कार्यान्वयनमा आइसकेको हुनाले जिल्ला शिक्षा कार्यालय, काठमाडौंलाई शिक्षक सरुवा, नियुक्ति लगायतका काम नगर्न आग्रह गरिएको छ । महानगरपालिका क्षेत्रभित्रको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जिम्मेबारी स्थानीय सरकार (महानगर)को कार्य क्षेत्रभित्र गइसकेको हुनाले आयन्दा यस प्रकारका काम भए ती कामलाई महानगर मान्न बाध्य हुँदैन, विज्ञप्तिमा उल्लेख छ ।

विद्यालय शिक्षा विकास सम्बन्धी काम महानगरको समन्वयमा हुनु पर्ने र शिक्षा सेवाबाट उपसचिवलगायत विभिन्न श्रेणी र तहका कर्मचारी खटि आइसकेको हुनाले महानगरपालिकाबाट माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन र शिक्षा विकास सम्बन्धी कार्यक्रम हुने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?