+
+
Shares

जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिएः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ६ गते १५:३०

६ पुस, काठमाडाैं । ६ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिएको भन्दै उनले दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्ने बताए । ‘ चुनावबाट पाँच वटा राष्ट्रिय पार्टी बनेका छन्, हामीलाई जताले ठूलो जिम्मेवारी दिएका छन्,’ प्रचण्डले भने, ‘सबैसँग संवाद र सहकार्य गरेर अघि बढ्छौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वाम गठबन्धनका एजेण्डाहरु चुनावबाट जनताले अनुमोदन गरिसकेको भन्दै तिनै राष्ट्रिय एजेण्डा कार्यान्वयन गर्ने बताए ।

नेपाल देशभक्त गणतान्त्रिक मञ्च राष्ट्रिय समितिले आयोजना गरेको बधाई कार्यक्रममा प्रचण्डले जनताले नेता बनाएकोले जनताकै लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

संविधान ऐन कानुनको ब्याख्यामा भइरहेको बहसलाई समान्य भन्दै उनले नयाँ चुनावबाट जनताले फैसला गरिसकेको बताए ।

सोही कार्यक्रमा प्रचण्डलार्इ मञ्चकी अध्यक्ष बाबा बस्नेतले प्रमाणपत्रसहित सम्मान गरेकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?