+
+

सलमान फोर्ब्सको सूचीमा बलिउडका नम्बर वान

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ८ गते १२:०२

‘दबंग ब्वाई’ सलमान खानले यस बर्षभरी अर्थात २०१७ मा अरु सबै बलिउडकर्मीको भन्दा बढी कमाइ गरेछन् । फोर्ब्सले हालै जारी गरेको सूचीले यसै भन्छ । बलिउड सेलिब्रेटीमा सलमान सबैभन्दा अगाडि रहेको फोब्र्सको सूचीले देखाएको छ । यसपटक उनले आफुलाई बलिउडको सुल्तान सावित गरे, भारु २ सय ३२ करोड आर्जन गरेर । फोर्ब्सले टप १०० सेलिब्रेटीमा सलमानको नाम राखेको छ ।

सर्वाधिक कमाई गर्ने बलिउड सेलिब्रेटीको दोस्रो पंक्तिमा छन्, शाहरुख खान । उनले भारु एक सय ७० करोड कमाएका छन् । शाहरुखलाई पच्छ्याएका छन्, विराट कोहलीले । क्रिकेटर कोहलीले यस बर्ष सय करोड भारु आर्जन गरेका छन् । अब पालो आउँछ खिलाडी ब्वाईको । खिलाडी ब्वाई अक्षयको कुल कमाई भारु ९८ करोड छ ।

उनीपछि क्रमस सचिन तेन्दुलकर, आमिर खान, प्रियंका चोपडा, महेन्द्र सिंह धोनी र हृतिक रोशन छन् । दशौं स्थानमा रणवीर सिंह अटाएका छन् । मिस्टर परफेक्शनिस्ट आमिर खान यस सूचीमा छैठों नम्बरमा छन् । सातौ नम्बरमा प्रियंका छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?