Comments Add Comment

रेमिट्यान्स भित्रिने क्रम निरन्तर घट्दो, मूल्यवृद्धि ४ प्रतिशत


९ पुस, काठमाडौं । चालु आर्थिक वर्षको चार महिना (कात्तिक) सम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले घटेको छ ।

यस वर्षको कात्तिक सम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको कात्तिकसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

कामको लागि विदेश जाने नेपालीको संख्या घटेकोले रेमिट्यान्स भित्रने क्रम घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । साउदी अरेबियामा पछिल्लो समय देखिएको मन्दिको कारण त्यहा रोजगारीको लागि जाने नेपालीको संख्यामा कमि आएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएपनि साउदी अरेबिया जानेको संख्यामा उच्चले कटौति भएको हो । राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकमा यो वर्ष कात्तिकसम्ममा १५ हजार ९ सय २१ मानिसहरु रोजगारीको खोजीमा साउदी अरब गएका थिए भने गत वर्ष ३१ हजार ८ सय ८१ गएका थिए ।

घट्दो रेमिट्यान्स र व्यापार असन्तुलन कायमै रहँदा देशको आय व्यय (शोधानान्तर स्थिती) मा दबाब पुगेको छ । शोधानान्तर बचत मात्रै २ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

नेपालमा ३ खर्ब २८ अर्ब रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ भने देशबाट २९ अर्ब बराबरको बस्तु तथा सेवा निर्यात भएको छ । चालु खाता २५ अर्बले घाटामा छ , व्यापार घाटा भने ३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।

रेमिट्यान्स भित्रने क्रम सुस्त भएपनि देशसँग रहेको विदेशी मुद्राको सञ्चिती हालसम्म सन्तोषजनक अवस्थामा छ । ११ खर्ब ५ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ । बैंकहरुसँग रहेको विदेशी मुद्राले साढे ११ महिनाको लागि बस्तु तथा सेवा आयात धान्न पुगने अवस्था छ ।

त्यस्तै, असोजको तुलनामा कात्तिकमा मूल्य वृद्धि बढेर ३.९ प्रतिशत पुगेको छ । असोजमा ३.१ प्रतिशत थियो । महंगीको सबैभन्दा धेरै मार पहाडले खेपिरहेको छ ।

त्यहाँ ६.२ प्रतिशत मूल्य वृद्धि छ । हिमालमा ४ प्रतिशत, तराईमा ५.१ प्रतिशत र काठमाडौंमा ३ प्रतिशत मूल्य वृद्धि छ । जुम्लामा मूल्यवृद्धि अन्य हिमाली जिल्लामाभन्दा धेरै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment