+
+
Shares

कालीकोटमा कर्फ्यु हट्यो, छानविन समितिले अाजैबाट काम सुरू गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १० गते ११:००

१० पुस, कालीकोट । कालीकोटमा लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो ।

७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) बाटनै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर अान्दोलन चर्काएपछि  कर्फ्यु  लगाइएको थियो ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो ।

समितले सोमबार नै दुवै पक्षवीच छलफल गर्ने छ । कर्फ्यु हटाइएको भएपनि प्रशासन असपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जानकारी दिएको छ ।

मृतक परिवारलार्इ सरकारकारले १० लाख क्षतिपूर्ति दिने निर्णय यस अघि नै गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?